वैदेशिक रोजगारीबाट फर्किएका दुई युवाद्वारा गाउँमै चप्पल उद्योग सञ्चालन

गुल्मी । वैदेशिक रोजगारीबाट फर्किएका बागलुङका दुई जना युवाले गाउँमै चप्पल उद्योग सञ्चालन गरेका छन् ।

गल्कोट नगरपालिका–११ रिघाका तुलबहादुर राना र बडिगाड गाउँपालिका–४ का विरबहादुर थापाले संयुक्त रुपमा चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् । उनीहरुले बडिगाड गाउँपालिका–२ खर्वाङमा चप्पल तथा एलईडी बल्व उद्योग सञ्चालनमा ल्याएका हुन् ।

वीरबहादुर सात वर्षभन्दा बढी र तुलबहादुर पाँच वर्ष भन्दाबढी मलेसियामा बसेर आएका हुन् । देशमै केही गरौं भन्ने सोच अनुसार उद्योग सञ्चालनमा ल्याएको उनीहरुको भनाइ छ । उनीहरुले बल्ब र चप्पत उत्पादनका लागि ७ लाख भन्दा वढी लगानी गरेका छन् ।

बल्ब तथा चप्पलको उत्पादनसँगै उत्पादन गरिएका बल्ब र चप्पलकव् होलसेल बिक्री वितरण समेत सुुरु भइसकेको उनीहरुले बताएका छन् ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार