सांसद राजभण्डारीलाई मातृशोक

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीलाई मातृशोक परेको छ । सांसद राजभण्डारीकी ९० वर्षीया आमा टङ्ककुमारीको शनिबार राति निधन भएको हो ।

ह्याम्स अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । दोलखा भीमेश्वर नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं मण्डिखाटार बस्दै आएकी टङ्ककुमारी दोलखाबाट काठमाडौं आई उद्योग व्यवसायमा नाम कमाएका स्व इन्द्रमणि राजभण्डारीकी धर्मपत्नी हुन् ।

समाजसेवामा सक्रिय टङ्ककुमारी द्वाल्खा गुठीका पूर्वअध्यक्ष पनि थिइन् । द्वाल्खा गुठी दोलखाली नेवार समुदायको प्रभावशाली गुठी हो । समाजसेवी टङ्ककुमारीका दुई छोरा दिव्यमणि राजभण्डारी, दीपमणि राजभण्डारी र तीन छोरी उषामिलन कक्षपति, मुन्ना लाकौल र उदया राजभण्डारी हुन् । स्व टङ्ककुमारीको आजै हिन्दू धार्मिक विधिअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार