धाकधम्की दिएर मिटरब्याज लगानीको पैसा असुलेको आरोपमा विराटनगरका एकजना पक्राउ

काठमाडौं । धाकधम्की दिएर मिटरब्याज लगानीको पैसा असुलेको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर-९ घोघापुल चोकका एजाज शेख रहेका छन्।

सर्वसाधारणलाई नियन्त्रणमा लिएर पैसा उठाएको पाइएपछि उनलाई सोमबार बिहान पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।

‘केही सर्वसाधारणले नियन्त्रणमा लिएर धाकधम्की दिई आपराधिक लाभ लिएको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो,’ प्रहरी उपरीक्षक खड्काले सेतोपाटीसँग भने, ‘उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।’

शेखले सर्वसाधारणबाट आपराधिक लाभ के कति लिएको भन्नेबारे अनुसन्धानपछि जानकारी दिइने उनले बताए। शेख चक्रवर्ती मिटर ब्याज लगानीमा संलग्न रहेको थाहा भएको छ।

चक्रिय ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ‘टाट’ पल्टाएको आरोप लागेपछि विराटनगर-९ घोघापुल चोकका सञ्जय रौनियार पक्राउ परेका छन्। सोही ठाउँमा गैरकानुनी ‘मिटरब्याज’ को धन्दा चलाउँदै आएका ४५ वर्षीय ‘मन्टु’ भनिने रौनियारलाई प्रहरीले गत साता प्रहरीले पक्राउ गरेको थियो।

रौनियारको धन्दामा शेखले सहयोग गर्दै आएको दाबी सर्वसाधारणको छ। केही दिनअघि सर्वसाधारणले पत्रकार सम्मेलन गरी गैरकानुनी मिटरब्याज लगानीबारे जानकारी दिएपछि प्रहरीले संलग्नहरूको खोजी गरिरहेको छ।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार