आजबाट अपि पावरको सेयर लिलामी बिक्री खुला

काठमाडौं । अपि पावरको सेयर लिलामिमा बिक्री खुला भएको छ । आज (सोमबार) गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता सेयर लिलामी बिक्री खुला भएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी भाउ तोकी बोलकबोल गर्नुपर्नेछ । पुस १३ गतेसम्म लिलामी सेयरमा आवेदन दिन पाइनेछ ।

यसअघि कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । हाल यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड भन्दा धेरै हुनेछ ।

यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, धनगढी, सुर्खेत र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार