राष्ट्रिय खेलकुद परिषद्का खरिदार घुससहित पक्राउ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलकुद विकास समिति सानोगौचरणमा कार्यरत खरिदारलाई अख्तियारले नियन्त्रणमा लिएको छ । खरिदार तिलकप्रसाद घिमिरेलाई १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

घिमिरेले क्लवको प्रमाणपत्र नवीकरण गर्नका लागी सेवाग्राहीसँग घुस मागेको सुराकको आधारमा आयोगले टोलीले उनलाई पिछा गरेको थियो । उनलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीकाले बताए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार