पुस २७ गते राष्ट्रिय सहकारी महासंघको २८औं वार्षिक साधारणसभा

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको २८औं वार्षिक साधारणसभा आगामी २७ गतेलाई तोकिएको छ । महासंघको गत पुस २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार २७ गतेलाई साधारणसभा तोकेको हो ।

सभा भौतिक अभौतिक (भर्चुअल) दुबै माध्यमबाट गरिने महासंघले जनाएको छ । कोभिड–१९ को संक्रमण कायमै रहिरहेको अवस्थामा स्वास्थ्य सुरक्षालाई अधिकतम ख्याल गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी साधारणसभा सम्पन्न गरिने समेत महासघंले बताएको छ ।

सो सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन पारित गर्ने छन् भने, लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्मको वासलात तथा सोही मितिको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वार्षिक लेखा परिक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोन र आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रम तथा बजेट समेत स्वीकृति गरिने महासंघले जानकारी गराएको छ ।

त्यस्तै, चालु आ.वका लागि लेखापरीक्षकको नियुक्ति नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, विभिन्न कोषका रकम जगेडा कोषमा सार्ने र साधारणसभाको निर्णयहरु प्रमाणित गर्ने प्रतिनिधिहरु समेत चयन गरिने भएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार