विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक चयन

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्। सो पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै एकिकृत भएको पार्टीको प्रवक्तामा पाठकलाई चयन गरिएको जानकारी गराएको हो ।

गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्। विवेकशील साझा पार्टीमार्फत् राजनीतिमा सकृय हुनअघि उनले विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए। रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार