काठमाडौं । बिसन्चो भएपछि झारफुक गर्न जाँदा काठमाडौंको शंखरापुर नगरपालिकामा एक महिला बलात्कृत भएकी छिन् । झारफुकको बहानामा शंखरापुर–६ स्थित सलम्बुटारमा ३९ वर्षीया महिलालाई झाँक्रीले बलात्कार गरेका हुन् ।
सिन्धुपाल्चोक घर भएका बलात्कार आरोपी भीम बहादुर सुनारलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले बताए ।
सलम्बुटार स्थित सुनारको छाप्रोमा बलात्कार भएको दावी गरिएपनि पिडीत महिला बोलेकी छैनन् । ४६ वर्षीय आरोपीलाई जबर्जस्ती करणी मुद्धा चलाउने प्रहरीको तयारी छ । रातोपाटीबाट साभार