चर्को आवाज निकाल्ने ३ सय ४२ मोटरसाइकल कारबाहीमा

काठमाडौं । प्रहरीले चर्को आवाज निकाल्ने ३ सय ४२ मोटरसाइकललाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनमा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी चलाउनेलाई कारबाही गर्न विशेष अभियान चलाएको थियो।

त्यही अभियानमार्फत् अहिलेसम्म ३ सय ४२ वटा मोटरसाइकललाई कारबाही गरेको महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिने बताए। साथै त्यसले सर्वसाधारणलाई अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदूषण हुने भएकाले कारबाही गरिएको जानकारी दिए।

साइलेन्सरलाई मोडिफाई गरी, फिल्टर निकालेर वा कम्पनीबाटै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरूलाई उपत्यकाभित्र सञ्चालन गर्नमा कडाइ गरेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यस्ता मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गरी निगरानीमा राखेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार