काठमाडौं । कर छलीको अभियोगमा राजश्व अनुसन्धान विभागले ४ फर्मविरुद्ध करिब २० करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरेको छ । विभागले सानेपास्थित कविला सप्लायर्स सेन्टर, शिवम् प्याकेजिङ सप्लायर्स र गौतम सप्लायर्सविरुद्ध १९ करोढ ९६ लाखको मुद्दा दायर गरेको हो ।
त्यसमध्ये कविला सप्लायर्सका प्रोपाइटर नवलकिशोर चौधरीलाई २ करोड १४ लाख, शिवम् प्याकेजिङका सञ्चालक सीतादेवी जैसवालविरुद्ध ५ करोड ८८ लाख तथा गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसद चौधरीविरुद्ध १३ करोड १२ लाखको मुद्दा दायर गरिएको छ ।
त्यस्तै, अनुष्का मल्टिप्रोपोज कम्पनीका शिवलाल तिमिल्सिनाविरुद्ध १ करोड ८२ लाख विगो कायम गरी मुद्दा चलाइएको छ । ती कम्पनीहरुले उच्च खरिद देखाएर मूल्य अभिवृद्धि कर छली गरेको र कम आम्दानी देखाएर आयकरसमेत छली गरेको आरोप लगाइएको छ ।
उनीहरुविरुद्ध उक्त विगो तथा हदैसम्मको जरिवाना र कैद सजाय माग गरिएको छ । रातोपाटीबाट साभार