सिटिजन लाइफ इन्स्योरेन्सको बेनीमा शाखा उद्घाटन

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीको शाखा उद्घाटन गरेको छ । २०७५ साउनदेखि आफ्नो कार्य प्रारम्भ गरेको शाखाको शनिवार बेनीमा आयोजित एक समारोहका बिच औपचारिक रुपमा शाखा उद्घाटन गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरेका हुन् ।

????????????????????????????????????

शाखाको उद्घाटन गर्दै अधिकृत पोडेलले सिटिजन लाइफले आफुले दिने सेवा र दायित्वलाई समयमै पुरा गर्ने बताउँदै जिवन बिमालाई आम नागरिकको पहुँचमा पु¥याउने गरि लागिपर्न आग्रह गरे । उनले भविश्यको लागि बचत र आर्थिक जोखिमको क्षतिलाई राहत दिने भएकाले बिमाप्रति नागरिकको विश्वास र भरोसा बढ्दै गएको बताए ।

????????????????????????????????????
????????????????????????????????????

‘‘ हामी कम्पनीको दायित्वलाइ समयै बोध गर्छौ, सिटिजनप्रतिको विश्वासलाई कायम गर्न हामी प्रतिबद्ध छौँ, बिमाले गर्दा अहिले हरेक क्षेत्रको जोखिमलाई आर्थिक रुपमा भएपनि पुर्ति गर्न सक्ने अबस्थाहरु आइसकेका छन्, भविश्यको जोखिमलाई आर्थिक क्षतिबाट जोगाउन पनि बिमाको जरुरी छ’’–उनले भने ।

????????????????????????????????????

गत आबमा कम्पनीको उत्कृष्ट ५ शाखामा पर्न सफल भएको बेनी शाखाको औपचारिक उद्घाटनसंगै सेवाग्राहीलाइ थप सरल र सहज रुपमा विमा सेवा प्रवाह गर्ने जनाईएको छ । बेनी शाखाले छोटो अबधिमै १ हजार बढी विमित र ४ सय बढी लिडर्सहरु बनाउन सफल भएको शाखा प्रवन्धक भावना पौडेल सुवेदीले जानकारी दिइन् ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार