ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार दिउँसो पासिकोट ओरालोमा ना५त ६२०८ नम्बरको ट्याक्टरले पैदलयात्रु थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि ट्याक्टर अनियन्त्रित हुँदा चालक रामेछाप मन्थल-७ का २५ वर्षीय लबु खड्का पनि घाइते भएका छन् । उनको पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस्तै शनिबार राति धोबी खोलाको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार