संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान

संखुवासभा । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको र त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।

गोली चलाउँदै विप्लव समूहका नेतासहित ३ जना जंगलतिर भागेका छन् भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएका छन् ।राजधानीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार