सुनसरीमा लागुऔषध कारोबारमा संलग्न एक महिलासहित ४ जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३ शिवालय टोलबाट लागुऔषधको कारोबारमा संलग्न रहेका एक महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीया ममता श्रेष्ठ, ३२ वर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका–७ का २२ वर्षीय रुपेश माझी र २१ वर्षीय मनिष राईलाई पक्राउ गरेको हो ।

उनीहश्रको साथबाट डाइलेक्स डिसी ५३ बोतल, निट्रोसन १६० ट्याब्लेट, डाइलेक्स डिसीको बिर्को तथा बिर्कोमा लगाउने लक (रिङ) ११० थान, विभिन्न कम्पनीको ८ थान मोबाइल र प्रदेश १–०२–०४१ प ९६४१ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार