मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा परेका रिट निवेदनको सुनुवाइ आज

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदनको सुनुवाइ आज हुने भएको छ। प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेको निवेदनको सुनुवाइ आज हुन लागेको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा रिट निवेदनको सुनुवाइ हुन लागेको हो। निवदेकले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद् हेरफेर गर्न नमिल्ने दाबी गरेका छन्। निवेदनमा पुस १० गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति, हेरफेर र कार्य विभाजनलाई बदर गर्न माग गरिएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार