देशभर थपिए ५११ कोरोना संक्रति , ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६० हजार ४९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ सय जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार