अवैध काठसहित अटोरिक्सा चालक पक्राउ

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ ।

अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन वटा गोलीया ९७ दशमलव ३(क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको हो ।

ण्अटोरिक्सामा काठसहित पक्राउ परेका सार्कीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार