काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झर्‍यो

काठमाडौँ । आज काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ। मौसम पूर्वामानुमान महाशाखाका अनुसार आज बिहान ९ बजे मापन गर्दा ०.८ डिग्री रहेको छ। यस्तै, हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राती भने प्रदेश १ मा आंशिक बदली, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तापक्रम चिसो रहिरहने हुनाले चिसोबाट बच्न तथा तराईर पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार