सिद्धार्थ बैंकको रिभर्स फयाक्टरिङ्ग सुविधा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकहरुलाई लक्षित गरि रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवाअन्तर्गत बैंकले कर्जा सुबिधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुवाट जारि गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरि इनभ्वाइस वापतको रकम तत्काल विक्रि वितरकलाई उपलव्ध गराउने छ ।

यसबाट खरिदकर्ता ग्राहकले विक्रि वितरकवाट विशेष सहूलियतरछुटमा बस्तु खरिद गर्न सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ । यो सुविधा बैंकले एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेद्वारा यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित ‘क्विक भुक्तानी’ नामक प्लाटफर्मबाट कार्यान्वयन गर्ने बैंकले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार