झापामा चोरी भएको मोटरसाइकलसहित २ जना पक्राउ

झापा । झापाको गौरादह नगरपालिका–२ बाट मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ परेका छन् ।

गत मंगलबार राति साढे १२ बजे दमक नगरपालिका–७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३प६८७७ नम्बरको पल्सर मोटरसाइकल हराएको भनि जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका–७ को एक घरबाट चोरी भएको मोटरसइकल फेला पारेको थियो ।

मोटरसाइकल फेला परेसँगै चोरीमा संलग्नहरुको खोजतलास गर्ने क्रममा चोरीमा संग्लग्न रहेका गौराहद नगरपालिका–२ का २४ वर्षीय मोहन प्रसाद ताजपुरिया र २९ वर्षीय दिपक न्यौपानेलाई पक्राउ गरेको र उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार