दुई दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला , ५ जना पक्राउ

जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ ।जिल्लाको बिदेह नगरपालिका-२ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुवा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको मिश्रले बताए ।

‘सुरुवाती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ’ मिश्रले भने, “शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौं । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।’

बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको मिश्रले बताए । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार