मकवानपुरगढी पत्रकार समाजमा दाहाल

वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुरको–मकवानपुरगढी गाउँपालिकामा आसपास क्षेत्रभित्र बसोबास गरी सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार संलग्न रहेको ‘मकवानपुरगढी पत्रकार समाज’ संस्था स्थापना भएको छ ।

हेटौँडामा भएको पत्रकारको भेलाले सरिता दाहाल अध्यक्ष रहने गरी नौ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्षमा मनोज देवकोटा, सचिव श्रीराम अर्जुन दाहाल, कोषाध्यक्ष नवीन तिमल्सिना (रेवती), सहसचिव सुनसानी थिङ रुम्बा, सदस्यमा राज सापकोटा, सञ्जीव सुनार र भुवन घलान (सोमलाल) रहेका छन् भने एक सदस्यपछि थप हुने जनाइएके छ ।

सामाजिक संस्थाको रुपमा स्थापना भएको यस संस्थाको विधान तयार गरी यसै महिनाभित्र सम्बन्धित निकायमा दर्ता गरिने तदर्थ समितिका अध्यक्ष दाहालले बताइन् । मकवानपुरगढी गाउँपालिकामा पत्रकार महासङ्घबाट सदस्यता प्राप्त गरेका र नगरेका गरी ३२ जना पत्रकार क्रियाशील छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार