रुपन्देहीमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ , २ घाइते

बुटवल । सिदार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार तिलोत्तमाको नयाँ मिल नजिक भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुई जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा तिलोत्तमा–११ का रनबहादुर खड्का र उनकी धर्मपत्नी सावित्रा खड्का रहेको प्रहरीले जनाएको छ । उनीहरुको क्रिमशन अस्पतालमा उपचार भइरहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार