गाडी दुर्घटना हुँदा पूर्वजलस्रोत राज्यमन्त्रीसहित पाँच जना घाइते

सुर्खेत । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुँदा पूर्वजलस्रोत राज्यमन्त्रीसहित पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो १२ बजेतिर बा २१ च ४७४६ नम्बरको गाडी बाँसगढी नगरपालिका–१ स्थित मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटनामा परेको हो।

दुर्घटनामा पूर्वजलस्रोत राज्यमन्त्री विनोद कुमार साह, उनकी श्रीमती लक्ष्मी शाह, दैलेखको विन्द्रासैनी नगरपालिका–२ का सूर्य बहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएका छन्। लक्ष्मी शाह जिल्ला समन्वय समिति दैलेखकी उपप्रमुख हुन्।

प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जय प्रकाश भट्टका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त छ। पूर्वमन्त्री साह, उनकी श्रीमती र चालकको अनुहारमा चोट लागेको छ’, उनले भने।

पूर्वमन्त्री साहको कोहलपुर मेडिकल कलेजमा र अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको सई भट्टले जानकारी दिए। गाडी सडकबाट करिब ६० मिटर तल खसेको उनले बताए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार