नेपाली सेनाद्वारा रौतहटमा निःशुल्क स्वास्थ्य शिविर

रौतहट । रौतहटको राजपुर नगरपालिका ९ बैरियामा नेपाली सेनाको आयोजनामा एकदिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । जिल्लाकै अति पिछडिएको गाउँ बैरियामा आयोजित निःशुल्क ओपिडी तथा डेन्टल शिविरमा जाँच गराउने बिरामीको लर्को लागेको थियो ।

२८ नम्बर बाहिनी अड्डा, नेपाल औषधि उत्पादक संघ, प्रदेश २ को सामाजिक विकास मन्त्रालय ,सै निक अस्पताल पोखराको सहयोग र इन्द्रबक्स गणको संयोजकत्वमा सम्पन्न शिविरमा ११० महिला र १०१ पुरुषगरी २११ जना बिरामीको स्वास्थ जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

त्यसैगरी ३२ जना दन्तरोगीको जाँच तथा निःशुल्क औषधि वितरण गरिएको इन्द्रबक्स गण गौरका सहसेनानी बाबुराम पौडेलले जानकारी दिए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार