सुर्खेतको बुलबुले तालमा फसेको जरायोको उद्दार

सुर्खेत । सुर्खेतको बुलबुले तालमा फसेको जरायोको उद्दार गरिएको छ। तालमा जरायो फसेको देखेपछि स्थानीयले डिभिजन वनको टोलीलाई खबर गरेका थिए। गएरातिदेखि नै जरायो उक्त तालमा फसेको हुन सक्ने अनुमान गरिएको छ।

डिभिजन वन कार्यालय वीरेन्द्रनगरका वन अधिकृत टेक रावलका अनुसार करिब ३ बर्षको जरायोको तालबाट उद्दार गरिएपछि कार्यालयमै राखेर उपचार गर्ने काम भइरहेको छ। यही राखेर उपचार गर्ने काम भएकोछ, आँखा मात्र हेरेको छ,’ उनले भने, ‘अवस्था अलि जटिल नै छ।’

उपचारपछि निको भएमा उक्त जरायो काँक्रेबिहार संरक्षित क्षेत्रमा छाडिने रावलले बताए। काँक्रेबिहार संरक्षित क्षेत्र जरायोको बासस्थानका रुपमा पनि रहेको छ। बुलबुलेमा फसेको यो जरायो पनि सोही जंगलबाट आएको हुनसक्ने अनुमान गरिएको छ। वन अधिकृत रावलका अनुसार जरायोको टाउकोसहित तीन ठाउँमा घाउ भएको छ। तार बारमा ठोकिएर घाउहरु भएको हुनसक्ने अनुमान गरिएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार