सर्वोच्चको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको पत्रकार महासंघको ठहर

काठमाडौं । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको छ । महासंघको सिन्धुपाल्चोकको हेलम्बुमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले सर्वोच्च अदालतले समाचारको विषयमा निकालेको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको हो ।

सर्वोच्चका न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको विषयमा समाचार छापेका रातोपाटी र नेपालखबरको नामै किटेर सर्वोच्चले शुक्रबार विज्ञप्ति जारी गरेको थियो । सो विज्ञप्तिमा सञ्चारमाध्यमलाई कानुनी कारबाही गर्ने ‘चेतावनी’ दिइएको थियो ।

महासंघले स्वतन्त्र प्रेसलाई धम्क्याउने कार्य जोकोही बाट भएको भएपनि बन्द गर्न आग्रह गरेको छ । यसअघि शनिबार प्रेस संगठन नेपालले पनि सर्वोच्चको विज्ञप्तिप्रति कडा आपत्ति जनाउँदै स्वतन्त्र प्रेसलाई नधम्क्याउन चेतावनी दिएको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार