रोल्पा बसपार्कमा एक पुरूष मृत फेला

दाङ । रोल्पाको बसपार्कमा एक पुरूष मृत फेला परेका छन्। रोल्पा नगरपालिका वडा नं. ४ स्थित बस पार्कको सडक छेउमा नगरपालिकाको वडा नं. १० का ३२ वर्षीय दीपक रोका बुधबार मृत फेला परेका हुन्।

जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रेउघामा पठाइएको छ। रोका खोजेर ज्याला मजदूरी काम गर्ने श्रमिक रहेको र अत्यधिक मदिरा सेवनपछि लडेर मृत्यु भयो कि१ भन्ने अनुमान गरिएको छ,’ डिएसपी सुवेदीले भने, ‘शरीरमा घाउ चोट भने कतै पनि देखिएको छैन।’

अत्यधिक मदिरा सेवन पछि बसपार्कमै सुतेको हुँदा चिसोमा कठ्याङ्ग्रिएर पनि मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार