भारतले दिने कोरोनाविरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने

काठमाडौं । भारतले दिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार काठमाडौं आइपुग्ने भएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने औपचारिक घोषणा गरेको छ । स्पास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने मन्त्री त्रिपाठीले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एक्बुलेन्स चालक र सुरक्षकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए । स्वस्थ्मन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राको संयुक्त पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले १० लाख खोप ल्याउने तयारी पूरा भइ भोली काठमाडौं आइपुग्ने बताए ।

भारतमाको सिरम इन्टिच्युटमा उल्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड नामक खोप ल्याउन लागेको हो । भातले आजदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ । भारतले बुधबार भुटान र माल्दिभ्समा खोप पठाएको छ । नेपाल र बंगलादेशलाई भोली (बिहीबार) पठाउनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप पठाउनेछ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार