मोरङबाट लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं । मोरङबाट लागूऔषधसहित आइतबार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका-४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई, सोही ठाउँका २४ वर्षीय सिजन भनिने नवराज राई, १९ वर्षीय साजन राई र भोजपुरको साल्पासिलोछो गाउँपालिका-२ का १९ वर्षीय निराज राई रहेका छन् ।

पथरी शनिश्चरे नगरपालिका वडा नं.४ स्थित उनीहरु बस्ने कोठा खान तलासी गर्दा ६३० मिलिग्राम ब्राउनसुगर, ७६ ग्राम गाँजा, बिभिन्न हात हतियारमा लाग्ने ४ थान गोली, एक थान गोलीको खोका लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार