लागूऔषधसहित दुईजना पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट ६ सय एम्पुल लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २८ वर्षीय जलन्धर दास र २० वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले पक्राउ गरेको हो । जलन्धर अटोका चालक हुन भने जयप्रकाश अटोमा सवार थिए ।

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ना १ ह ४६४४ नम्बरको अटो चेकजाँच गर्दा लागूऔषध बरामद गरेको थियो । अटोमा अवैध कारोबार हुने गरेको सूचना पाएको प्रहरीले अटोलाई निगरानीमा राखेको थियो ।

सोही क्रममा बिहीबार राति पिठोको बोराभित्र र कपडाको झोलामा लुकाएर राखिएको अवस्थामा फेनारगन, नुर्फिन र डाइजेपाम ६/६ सय एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर लागूऔषध कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार