चार पूर्वप्रधानन्यायाधीशले बुझाए सर्वोच्च अदालतमा जवाफ

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अवहेलनासम्वन्धी मुद्दामा पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले लिखित जवाफ बुझाएका हुन् ।

अवहेलनासम्वन्धी मुद्दामा चारैजना पूर्वप्रधानन्यायाधीशलाई लिखित जवाफ दिन सर्वोच्चले आदेश दिएको थियो । आफूहरुले अदालतमै म्याद बुझेर लिखित जवाफ दिएको पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बताए ।

अधिवक्ताहरु लोचन भट्टराई र धनजित बस्नेतले प्रतिनिधिसभा विघटनबारे अदालतमा विचाराधिन मुद्दामा वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार