नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ ।

यस्तै, यस्तै ५४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २ सय ७७ रहेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यो संगै मृतकको संख्या २ हजार ७ सय ७१पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ सय ३६ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार