नमस्ते र सिवाईसी सहकारी बिच एकिकरण

म्याग्दी । म्याग्दीको बेनी स्थित क्याम्पसचोकमा रहको नमस्ते बहुद्धेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्र सञ्चालनमा आउने बेनी सदस्य केन्द्रका संयोजक तुलसीनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई सहकारीबिचको एकताको सम्पूर्ण प्रकृया पुरा भएको छ । सहकारीको बेनीमा रहने सदस्य सेवा केन्द्रको बुधवार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुहुनेछ ।

????????????????????????????????????

सहकारीले बेनीमा मंगलवार पत्रकार सम्मेलन गरि बेनीमा एक समारोह आयोजना गरि बुधवार सहकारीको एकिकरण र सेवा केन्द्रको औपचारिक सुभारम्भ गरिने जानकारी गराएको छ । सिवाईसीसंग एकिरण भएपछि नमस्ते सहकारीका सञ्चालक समिति सिवाईसीको सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापन उपसमितिको रुपमा रहने सहमती भएको छ । बेनीको नमस्ते सहकारीमा ७४ जना शेयर सदस्यको १ करोड ११ लाख रुपैयाँ शेयर पुँजी रहेको थियो । एकिकरण पछि बेनीमा सञ्चालन हुने सिवाईसीको १७ औँ सेवा केन्द्रमा एटिएम काउण्टर समेत सञ्चालनमा ल्याउने तयारी गरिएको संयोजक सुवेदीले बताउनुभयो ।

????????????????????????????????????

पत्रकार सम्मेलनमा सिवाईसीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले धौलागिरि कार्यक्षेत्र रहेको सिवाईसीले कार्यक्षेत्रमा सेवा विस्तार गर्ने योजना अनुसार सेवा केन्द्र विस्तारमा जुटेको बताउनुभयो । हुनेखानेको पैसा हुँदा खानेसम्म पु¥याउने र हुँदा खानेलाई हुनेखाने बनाउने उदेश्य अनुरुप सिवाईसीले आफ्नो सेवालाई प्रभाबकारी बनाउँदै आएको उहाँको भनाई छ । सहकारीले आर्थिक कारोबार मात्र नभई सामाजिक ,शैक्षिक ,स्वास्थ्य तथा विपदमा सहयोग गर्दै आइरहेको बताउनुभयो । खुल्ला शेयर सदस्य र जुनसुकै उमेर समुह पनि शेयर सदस्य बन्न पाउने सहकारीले निति लिएको सहकारीका अध्यक्ष शर्मा पौडेलले बताउनुभयो ।

१३ हजार ४४१ जना शेयर सदस्य रहेको सिवाईसीमा २३ करोड ९८ लाख ९६ हजार तीन सय शेयर पुँजी , एक अर्ब २७ करोड १६ लाख २५ हजार ६६५ बचत संकलन र ९९ करोड २१ लख १७ हजार १८१ लगानी रहेको छ । सहकारीको एटिएम, मोवाईल बैंकिङ, क्युआर कोड, ट्याबलेट बैँकिङ, मिष्डकल, इटेलर लगायतका सेवाहरु सञ्चालनमा रहेको सहकारीका सञ्चालक समितिका सह–सचिब सुवास आचार्यले जानकारी दिनुभयो ।

सहकारीले २१ प्रकारका बचत र ३५ प्रकारका ऋण सेवा, रेमिट्यान्स सेवाहरुसंगै शेयर सदस्यहरुलाई लक्षित गरि विभिन्न सामाजिक उत्तरदायित्वका आकर्षक योजनाहरु समेत समावेश गर्दै आएको छ । विहान ७ बजेदेखि बेलुकि ७ बजेसम्म नै सेवा प्रवाह गर्दै आएको यस सहकारीले आकस्मिक फोन सेवा मार्फत समेत वित्तिय सेवा प्रवाह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार