थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७१ हजार २ सय ८९ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ७८ हजार ९८ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९५ रहेको छ ।२४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसंगै हालसम्म देशभर मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार