झापामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

काठमाडौं । झापामा मंगलबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-९ का २३ वर्षीय करण कार्की छन्।

मे ११ प ५७६७ नम्बरको मोटरसाइकल र बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल कनकाई नगरपालिका-८ विरिङ पुलमा राति सवा १० बजे ठोक्किएको प्रहरीले जनाएको छ । बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल चालक कार्कीको झापा सिलिगुडी लैजाने क्रममा काँकडभिट्टामा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई सुरूमा बिएन्डसी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनको सिलिगुडी लैजाने क्रममा मृत्यु भएको थियो।

उनको बायाँ कम्मरको भागमा गम्भीर चोट थियो। मे ११ प ५७६७ नम्बरको मोटरसाइकलका चालक दमक-५ का भीमबहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार