विवादकै बीचमा संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त

काठमाडौं । विवादका बीच संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति भएको छ । संवैधानिक निकायका पदाधिकारीको वुधबार विहान राष्ट्रपति कार्यालयमा सपथ लगत्तै उनीहरुको नियुक्ति भएको हो । राष्ट्रपति कार्यालयमा बुधबार बिहान आयोजित विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ ग्रहण गराएका छन् ।

यो पनि…

https://myagdinews.com/2021/02/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%87%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a5%88%e0%a4%a7/

त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले सपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना,उपप्रधानमन्त्री ईश्वर पोखरेल,संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायत सहभागी थिए । मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धानको आयोगका प्रमुख आयुक्तका पूर्व सचिव प्रेम राई र आयुक्तहरुमा जयवहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरेको थियो ।

त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपवहादुर मगर,निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र जानकारी तुलाधर लगायत विभिन्न आयोगहरुमा ४५ जनाको नियुक्ति सिफारिस गरेको थियो । सरकारले उनीहरुको संसदीय सुनुवाईका लागि पुस ५ गते संसद सचिवालयमा विवरण पठाएको थियो । सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो । संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन मंगलवार पुगेकाले उनीहरुको नियुक्ति भएको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार