सिन्धुलीमा दाइको हत्या आरोपमा भाइ पक्राउ

काठमाडौं । दाइको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका-३ मथौलीका ४६ वर्षीय चेतबहादुर बमजनको हत्या गरेको आरोपमा उनका ४० वर्षीय भाइ मानबहादुर बमजनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार प्रहरीले मानबहादुरलाई बिहीबार पक्राउ गरेको हो। मानबहादुरले बन्चरोको पासो र खुकुरी प्रहार गर्दा चेतबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। सो खबरपछि जिल्ला र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले मानबहादुरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार