बुवाले गरे गोली प्रहार गरी छोरीको हत्या

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–१० महरागाउँका ५५ वर्षीय धनबहादुर महराले आफ्नै छोरीको गोली हानी हत्या गरेका छन्। शनिबार दिउँसो करिब ३ बजेतिर २० वर्षीया छोरी बेलमति महरा धामीलाई गोली हानी हत्या गरेको स्थानीयले बताए।

भरुवा बन्दुकले छोरीको पछाडिबाट पिठ्युमा गोली प्रहार गरी हत्या गरेका महरा जंगलतिर भागेको उनको खोजीको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए। हतियारसहित भागेका उनले राती आफ्नै पुरानो घरमा आगजनी समेत गरेका छन्। मृतक बेलमतिको एक वर्षीय छोरासमेत छन्।

जंगलतिर हतियारसहित भागेका महराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। एक महिनादेखि माइतमा बस्दै आएकी बेलमतिलाई किन गोली प्रहार गरे भन्ने विषयमा अझै खुलेको छैन। nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार