भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान गर्न आग्रह

काठमाडौं । विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स हत्या भएको घटनाको ढिला नगरी निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ ।

सो पार्टीका प्रवक्ता शरद राज पाठकले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्–हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग अनुरोध गर्दछौँ।’

यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा पनि पार्टीले सम्बन्धित अधिकारीहरूलाई सचेत गराएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार