ज्योति विकास बैंकले बेनी अस्पताललाई दियो ‘बेबी वार्मर’

म्याग्दी । म्याग्दीको बेनी अस्पताललाई ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्ने बेबी वार्मर सहयोग गरेको छ । बेनी अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो ।

बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँले संयुक्त रुपमा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवाललाई एक थान बेबी वार्मर प्रदान गर्नुभएको हो ।

बैंकले अहिले सम्म १० वटा जिल्ला अस्पतालहरुलाई यो बेबी वार्मर सहयो गरेको जनाएको छ । बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धिधत राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा “न्यानो नानी“ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख रुपैयाँ प्रदान गरेको थियो ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब रुपैयाँँ निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब ३७ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार