म्याग्दीमा थपिए ११ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ कार्यालय म्याग्दीका अनुसार ,बेनी नगरपालिका वडा नम्बर ४ का ३४ बर्षिया एक महिला,सोही नगरपालिका वडा नम्बर ६ का ५३ र ६७ बर्षिया दुई महिला ,बेनी नगरपालिका वडा नम्बर ७ का ४३ बर्षिय पुरुष र ४१ बर्षिया एक महिला ,बेनी नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय एक पुरुष र ४७ बर्षिया एक महिला ,भक्तपुर स्थायी ठेगाना भइ हाल बेनी नगरपालिका वडा नम्बर ८ बस्ने २६ बर्षिया एक महिला ,जिल्लाको मंगला गाउँपालिका वडा नम्बर २ का १९ बर्षिया एक पुरुष तथा पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ का ३५ बर्षिया एक पुरुष र ३१ बर्षिया एक महिला गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैको स्वास्थ अवस्था सामन्य रहेको स्वास्थ कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार