म्याग्दीमा थपिए ११ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार ११ जना कोरोना संक्रमित जिल्लाको बेनी नगरपालिकाका हुन् ।


स्वास्थ्य निर्देशनालयका अनुसार नगरपालिका वडा नम्बर ३ मा ३५ बर्षिया एक महिला ,वडा नम्बर ४ मा २९,३० र ३६ बर्षिया तीन महिला तथा सोही वडामा २९ र ४५ बषिय दुई पुरुष थपिएका छन् । यस्तै ,वडा नम्बर ८ मा २९ बर्षिया एक महिला र ४६ बषिय एक पुरुष ,वडा नम्बर ९ मा २६ बर्षिय एक पुरुष ,वडा नम्बर १० मा १६ बर्षिय एक पुरुष थपिएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार