म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको अन्नपुर्ण गाउँपालिका ,बेनी नगरपालिका ,धवलागिरी गाउँपालिका ,मंगला गाउँपालिका र रघुंगगा गाउँपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयको विज्ञप्ती अनुसार बेनी नगरपालिकामा सबै भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित हुनेमा अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ का ३० र ३६ बर्र्षिय दुई पुरुष ,बेनी नगरपालिका वडा नम्बर १ का २५ बर्षिया एक महिला र २९ बर्षिय एक पुरुष ,वडा नम्बर ४ की ५७ बर्षिया एक महिला ,वडा नम्बर ६ का २२ बर्षिया एक महिला र ३९ बर्षिय एक पुरुष ,वडा नम्बर ७ का ७० बर्षिया एक महिला तथा ४२,३१ र ५२ बर्षिय तीन पुरुष ,वडा नम्बर ८ का २४,६२,५०,३१ र ७६ बर्षिया ५ महिला तथा ५०,३० ,६० र ३५ बर्षिय ४ पुरुष रहेका छन् ।

http://myagdinews.com/2021/05/%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%80-%E0%A4%8F%E0%A4%95-%E0%A4%AC%E0%A5%83%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%95/

यसैगरी सोही नगरपालिका वडा नम्बर ९ का ३१ बर्षिया एक महिला र २७ बर्षिया एक पुरुष रहेका छन् । धवलागिरी गाउँपालिका वडा नम्बर २ का ३६ बर्षिय एक पुरुष,मंगला गाउँपालिका वडा नम्बर २ की ४२ बर्षिया एक महिला र सोही गाउँपालिका वडा नम्बर १ की ४४ बर्षिया एक महिला रहेकी छन् ।यस्तै ,रघुगंगा गाउँपालिका वडा नम्बर २ का २४ र ३० बर्षिय दुई पुरुष रहेका छन् भने सोही गाउँपालिका वडा नम्बर ३ का ३६ बर्षिय एक पुरुष रहेका छन् ।

https://myagdinews.com/2021/05/%e0%a4%b2%e0%a4%95%e0%a4%a1%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a5%87%e0%a4%a8%e0%a5%80-%e0%a4%ab%e0%a5%8b%e0%a4%9f/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार