वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने

काठमाडौं । यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ । संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ । बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट बच्ने उपायका विषयमा चिकित्सकहरुसंग छलफल गरेका थिए । छलफलमा सहभागी चिकित्सकहरुले संसदमा प्रवेश गर्ने सबैको अनिवार्य कोरोना परीक्षण गर्न सुझाव दिएका थिए । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार