सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । सोमबार कन्चनपुरका ६,कैलालीका ५,बझाङ्गमा २,दार्चुलाका १ जना कोरोना संक्रमितको मृत्युपछि प्रदेशमा मृत्यु हुनेको संख्या १२६ पुगेको हो ।

यसअघि अछाममा २,बैतडीमा ४, बझाङ्गमा ३, बाजुरामा २ , डडेल्धुरामा ४, दार्चुलामा २, डोटीमा १, कैलालीमा ४९, कञ्चनपुरमा २० र अन्य जिल्ला ३९ जना मृत्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा बिभिन्न अस्पतालबाट थप २०१ जनामा कोरोना संक्रमण पुस्टि भएपछि सकृय संक्रमितको संख्या १६ हजार ६९० पुगेको छ ।

कैलालीका १ हजार २४६,कन्चनपुरका ३८१ , अछामका ३९, बैतडीका १९७, बझाङ्गमा ४४, बाजुराका २, डडेल्धुराका १३८, डोटीका १८३ र अन्य जिल्लाका ९ जनामा संक्रमण पुस्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको हो ।

यो संगै प्रदेशमा निको हुने संक्रमित संख्या पनि २ हजार ३९२ पुगेको छ । सेती प्रादेशिक अस्पतालबाट ६ सय ४९ टिकापुर ३ सय ४८,डडेल्धुरा ३ सय १७, दार्चुला १२, बैतडी ३८, बझाङ्ग ३१, जिल्ला अस्पताल अछामबाट १००,डोटी,१४८, बाजुरा २१, बयलपाटा अस्पतालबाट ७३, गोकुलेश्वर अस्पतालबाट १५ रहेको कार्कीले बताए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार