शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका ६ का करिब ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार