
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको नेता सुवास नेम्वाङले जानकारी दिए ।
उनका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा बुधबार काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ताबारे पनि प्रधामन्त्री समेत रहेका ओलीले व्रिफिङ गर्नेछन् । रातोपाटीबाट