रुपन्देही । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापा मगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ । नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।
तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो । समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोज्दा गर्दा एम्बुलेन्समै मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले बताउनुभयो । उहाँले भैरहवा गएर विभिन्न अस्पतालमा राख्ने कुरा गर्दा-गर्दै एम्बुलेन्समा सास गएको बताउनुभयो । रातोपाटीबाट