भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। लु२ख ४५८८ नम्बरको टिपर ठक्करबाट स्कुटर चालक सूर्यविनायक नगरपालिका वडा नम्बर ८ जगाती बस्ने ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको हो।

आइतबार राति साढे १० बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ६ अरनिको राजमार्गमा जगातीबाट सुर्यविनायकतर्फ आउँदै गरेको टिपरले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२-०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करबाट राजाराम सुवाल गम्भीर घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए।

घाइते भएका सुवालको उपचारको लागि डा. इवामुरा अस्पताल सल्लाघारी पठाइएको थियो। त्यहाँबाट उनलाई अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा रिफर गरिएको थियो। सुवालको अस्पतालमा उपचारको क्रममा सोमबार सवा १ बजे मृत्यु भएको डिएसपी गिरीले बताए।

प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको छ। टिपर चालक लमजुङ बेशीसहर गाउँपालिका वडा नम्बर ११ घर भई काभ्रे बनेपा नगरपालिका वडा नम्बर १३ साँगा बस्ने ३५ वर्षीय टार्जुन गुरुङ छन्। उनी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा छन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार